खाँचिकोट किटेनीका एक युवाको भारतको गोण्डामा हत्या

अर्घाखाँचीडट्कम संवाददाता 
किटेनी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ (साबिक खाँचिकोट) किटेनीका एक युवाको भारतको गोण्डा नजिक बलरामपुरमा हत्या भएको छ । 
किटेनीका स्व. इन्द्रबहादुर के.सीका कान्छा छोरा शिव बहादुर भनिने दिपक के.सीको भारतको गोण्डा नजिक बलरामपुरमा हत्या गरि फालिएको अवस्थामा प्रहरीले शब फेला पारेको थियो । 
भारतको दिल्ली स्थित आनन्द बिहारमा नोकरी गर्ने दिपक के.सी माघ २७ गते बिहान १२:०० बजे आफ्नो घर आउन हिंडेका थिए । स्थानिय प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताएको छ । 
उनको शब पोस्टमार्टम पश्चात्स जन्मस्थल अर्घाखाँची ल्याईएको छ ।  

अन्य समाचारहरु