नवीन केसी
जलुके, अर्घाखाँची २९ माघ । अर्घाखाँचीमा जिपबाट मार्बल झार्ने क्रममा मार्बलले हात च्यापेर एक मजदुरको मृत्यु भएको छ ।
जिल्लाको सितगंगा ८ स्थित जलुके चरङगेमा अग्नि श्री सिमेन्ट प्रालिको लु १ च ९४७४ नम्बरको जिपबाट मार्बल झार्ने क्रममा रुपन्देहीका २० वर्षीय कृष्णजंग थापाको मृत्यु भएको हो ।
हात च्यापिएर गम्भिर घाइते भएका थापाको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान चलिरहेको छ ।