खनदह साबडाडाका विवेक अर्यालको उपचारको लागी कतारबाट आर्थिक सहयोग

विमल चौहान 
फाल्गुन ३, काठमाडौ । लिम्फान्जियोमा रोगबाट पिडित विवेक अर्यालका लागी बिदेशबाट समेत सहयोग आउन थालेको छ । एक कार्यक्रमका बीच विवेक बचाउ अभियानका अभियान्ता  विमल चौहान र टंक कुमार  चौहानले सो रकम विवेकका  बुबा बाबुराम अर्याललाई  हस्तान्तरण गर्नुभएको छ । 
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर५ चौहानडाँडा घर भइ  हाल रोजगारीको सिलसिलामा  कतारमा रहनुभएका राम बहादुर चौहानको नेतृत्वमा उठेको  ७ हजार २५ रुपैयाँ विवेक अर्यालको उपचारको लागी कतारबाट पठाउनु भएको थियो । 
अर्घाखाँचीकै  मालारानी गाउँपालिका वडा  नम्बर३ खनदह  साबडाडा निवासी बाबुराम अर्यालका ४ वर्षिय छोरा विवेक अर्याल गत तीन बर्ष देखी लिम्फान्जियोमा नामक घात रोगबाट ग्रसित छन । उनको भारतका  विभिन्न अस्पतालमा उपचार गराउदा पनि  निको नभएर नेपाल ल्याईएको हो । उपचार गर्दा  अहिलेसम्म ५५ लाख भन्दा माथी खर्च हुँदा पनि रोग निको भएको छैन । परिवारको आर्थिक  अवस्था  कमजोर   उपचारको लागी  विभिन्न ठाँउबाट सहयोग  रकम जुटाउने काम भइरहेको छ । यतिबेला काठमाडौंको  शिक्षण अस्पतालमा उपचार गराइ रहनु भएको छ। 
गत माघ २७ गते घाँटीको सफल शल्यक्रिया पछी  अहिले  उनको स्वास्थ्य स्थितिमा सामान्य सुधार आएको छ । लगत्तै अब जिब्रोको पनि शल्यक्रिया हुने बताइएको छ। कतारबाट सहयोग रकम पठाउने राम बहादुर चौहान लगायतका साथीहरूले उनको  सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफुहरुले पठाएको  उक्त रकमले उनको  उपचारमा ठुलो सहयोग हुने कुरा उल्लेख गर्नु भएको काठमाडौबाट विमल चौहानले जानकारी दिनु भएको छ।

अन्य समाचारहरु