धारापानीमा एकीकृत घुम्ती शिविर सम्पन्न, भुमिकास्थान नगरपालिकाका स्थानीय वासिन्दाहरु हर्षित (तस्बिर सहित)

प्रेमनारायण आचार्य 
धारापानी, फागुन ३, अर्घाखाँची । जिल्ला सदरमुकाम वाट मात्र प्रदान हुने सेवा आप्नै गाँउवाट प्राप्त भएपपिछ अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका स्थानीय वासिन्दाहरु हर्षित भएका छन । 
भुमिकास्थान नगरपालिकाको १ देखि ४ वडालाइ लक्षित गरि शान्ती माविमा राखिएको एकीकृत घुम्ती शिविरमा विना झञ्झट, छोटै समयमा सबै  सेवा पाँउदा उनीहरु बर्षित भएका हुन । 
सेवा लिन भुमिकास्थान नगरपालिका १,२, ३ र ४ का धारापानी र ढाकावांगका विभिन्न गाँउवाट मानिसहरु आएका थिए । नागरिकता मात्र एक सय ९० थान वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए ।
जिल्ला प्रशासन र भुमिकास्थान नगरपालिकाको आयोजना र समन्वयमा शिविर सञ्चालन भएको हो । शिविरबाट हजारौ जनाले सेवा प्रदान गरेका छन । विना झण्झट आफ्नै गाँउबाटै जिल्ला सदरमुकाम बाट प्रदान गरिने सेवा प्रदान गर्नका लागि घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले बताए । 
उनले जिल्ला प्रशासन बाट प्रदान हुने नागरिकता, जिल्ला कृषि ज्ञान केन्द्रबाट माटो परीक्षण, जिल्ला स्वास्थ्य कार्यलयबाट निशुल्क स्वास्थय जाच र निशुल्क औषधी वितरण जस्ता जिल्ला स्तरका सबै कार्यलयबाट  प्रदान हुने सेवा प्रवाह गरिएको थियो । 
सिंह दरवारको अधिकार घरघरमा भन्ने संघियताको नारालाइ सफल बनाउन एकै ठाउबाट आफ्नै घरदैलोबाट सेवा लिन सहज गराउन शिविर सञ्चालन गरिएको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताए । 
विरामी भएर सन्धिखर्क जानेकी बुटबल झर्ने भनेर सोचिरहेको थिए स्वास्थ्य चेक गराउन जावुनडाडाबाट आएका ८५ बर्षिय पुर्ण प्रसाद भुसालल भने आफ्नै गाँउमा ठुला डाक्टर आएर चेक गर्छन भनेर थाहा पाए । चेक गराए निशुल्क औषधी पनि पाए सारै खुसी छु । 
आज शुक्रबार सञ्चालन गरिएको शिवरमा जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय,  जिल्ला स्वास्थ्य कार्यलय, कृषि ज्ञान केन्द्र, नेपाल टेलिकम, जिल्ला आयुर्वेद केन्द्र, जिल्ला निर्बाचन कार्यलय लगायतका कार्यलयहरुले आआफ्नो सेवा प्रदान गरेका थिए ।

अन्य समाचारहरु