अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची, २ फागुन । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ८ किमडाँडाको गाँजरीमा ट्याक्सी दुर्घटना भएको छ ।
सन्धिखर्क आउँदै गरेको लु १ ज ३७४८ नम्बरको ट्याक्सी दुर्घटनामा शुक्रबार विहान ११:३० बजे दुर्घट्ना भएको हो ।
दुर्घट्नामा चालक कमल बन्जाडे घाइते भएका छन् । घाइते बन्जाडे सन्धिखर्कमा सामान्य उपचार पछि घर फर्केका छन् ।
ट्याक्सी सडक मुनी रुखमा अड्किएको छ । ट्याक्सी दुर्घट्नाको कारण खुल्न सकेको छैन् ।
जिल्लाका कच्ची सडकमा तीव्र गतिमा सवारीसाधन चाउदा प्राय दुर्घट्ना हुने गरेको देखिन्छ ।