सन्धिखर्कमा नेशनल प्याव्सन अर्घाखाँचीको हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न

विनोद गैरे
 सन्धिखर्क, अर्घाखाँची । नेशनल प्याव्सन अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्क स्थित ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलमा अन्तर नेशनल प्याव्सन जिल्ला स्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको प्रमुख अतिथि नेशनल प्यावसन अर्घाखाँचीका सल्लाहाकार तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीका अध्यक्ष नेत्र प्रसाद भुसालले पानसमा वत्ति वालेर उद्घाटन गर्दै वालवालिकाहरुको मानसिक तथा शारिरिक विकासको लागि हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता अपरिहार्य रहेकोले यस्ता किसिमका प्रतियोगिताहरुको निरन्तरताको कामना गर्नुभएको थियो । 
प्रतियोगिताहरुमा सन्धिखर्क ग्रिन इङ्गलिस वोडिङ्ग स्कुल सन्धिखर्क, अड्गुरी एजुकेसन एण्ड सउल डेभलपिङ्ग इङ्गलिस वोर्डिङ्ग स्कुल अड्गुरी, न्यू मुन लाईट इङ्गलिस वोर्डिङ्ग स्कुल वाङ्गला, युनिक इङ्गलिस वोर्डिङ्ग स्कुल नरपानी, सितापुर इङ्गलिस वोर्डिङ्ग स्कुल बडाचौर, चाँदनी इङ्गलिस वोर्डिङ्ग स्कुल चक्ला, ग्यालेक्सी इङ्गलिस वोर्डिङ्ग स्कुल जुकेना, अर्घातोष मदरल्याण्ड इङ्गलिस वोर्डिङ्ग स्कुल अर्घातोष, ग्लोवल इङ्गलिस वोर्डिङ्ग स्कुल डाँडाकटेरी, अर्जुन इङ्गलिस वोर्डिङ्ग स्कुल ढाकावाङ्गका छात्र छात्राहरुले सहभागिता जनाएका थिए । 
प्रतियोगिताको पहिलो चरण अन्तर्गत अड्गरी एजुकेसन एण्ड सउल डेभलपिङ्ग इङ्गलिस वोर्डिङ्ग स्कुल अड्गुरीका प्रिन्सिपल जीवन गैरेको संयोजकत्वमा संचालित हाजिरीजवाफ प्रतियोगितामा सन्धिखर्क ग्रिन इङ्गलिस वोडिङ्ग स्कुल सन्धिखर्कका प्रमिसा थापा, दिक्षान्त चुँदाली, विक्रम शाह, सुजल भुसाल र साहिन शायी प्रथम, अड्गुरी एजुकेसन एण्ड सउल डेभलपिङ्ग इङ्गलिस वोर्डिङ्ग स्कुल अड्गुरीका एक्सन भट्टराई, असिम आचार्य, सुगम महत्रा, अस्मिता खड्का र अप्सन महत्रा द्वितीय, न्यू मुन लाईट इङ्गलिस वोर्डिङ्ग स्कुल वाङ्गलाका मनिष क्षेत्री, सिला बस्नेत, भूमिका श्रेष्ठ, संगीता बस्नेत र प्रतिभा नेपाली तितृय र ग्लोवल इङ्गलिस वोर्डिङ्ग स्कुल डाँडाकटेरीका विश्व बन्जाडे, मोहित फुल्लेल, राजेश नेपाली, गरिमा पाण्डे र सोनिया के.सी.ले सान्त्वना स्थान हासील गरेका थिए ।
प्रतियोगिताको दोस्रोे चरण अन्तर्गत चाँदनी इङ्गलिस वोर्डिङ्ग स्कुल चक्लाका प्रिन्सिपल प्रशान्त पौडेलको संयोजकत्वमा संचालित चित्रकला प्रतियोगितामा चाँदनी इङ्गलिस वोर्डिङ्ग स्कुल चाक्लाका छात्र संदेश परियार प्रथम अर्जुन इङ्गलिस वोर्डिङ्ग स्कुल ढाकावाङ्गका छात्र गणेश नेपाली द्वितीय, ग्यालेक्सी इङ्गलिस वोर्डिङ्ग स्कुल जुकेनाका छात्र आशिष परियार तृतीय, अड्गुरी एजुकेसन एण्ड सउल डेभलपिङ्ग इङ्गलिस वोर्डिङ्ग स्कुल अड्गुरीका छात्र राजन नेपाली, सन्धिखर्क ग्रिन इङ्गलिस वोडिङ्गस्कुल, सन्धिखर्कका छात्र सुरज सारु र युनिक इङ्गलिस वोर्डिङ्ग स्कुल नरपानीका छात्र आशिष थापाले सान्त्वना स्थान हासील गरेका थिए । 
कार्यक्रमका दुईवटै विधामा प्रथम, द्वितीय, तितृय र सान्त्वना स्थान हासिल गर्ने छात्र छात्राहरुलाई सिल्ड, प्रमाण–पत्र साथै अविरमालाले सम्मान गरिएको थियाे । 
कार्यक्रम नेशनल प्यावसन अर्घाखाँचीका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता सचिव बेदराज बेल्वासेको स्वागत र उपाध्यक्ष भविश्वर बन्जाडेको संचालनमा सम्पन्न भएको थियाे ।  

अन्य समाचारहरु