हंसपुरमा चट्याङ पर्दा एक जनाको निधन, गाेखुङ्गाको पस्लेङमा खसी र बाख्रा मरे, २ महिला सामान्य घाइते

अर्घाखाँचीडट्कम संवाददाता 
 गाेखुङ्गा (अर्घाखाँचीडट्कम )। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका  वार्ड नम्बर ८ हंसपुरमा एक जनाको निधन भएको छ । निधन हुनेमा २५ बर्षिय युबराज अधिकारी रहेका छन् ।  
यस्तै मालारानी गाउँपालिका वार्ड नम्बर ९ गाेखुङ्गाको पस्लेङमा चट्याङ पर्दा खसी र बाख्रा मरेका छन् । 
गाेखुङ्गाको पस्लेङका कबिराम पाैडेलकाे घरमा शनिबार अपरान्ह करिब साढे ३ बजे चट्याङ पर्दा १ खसी र १ ब्याउने बाख्रा मरेका हुन् । 
साथै घरमा बसीरहेका २ महिला सामान्य घाइते भएका छन् । चट्याङका कारण घर चर्किएको छ । 

अन्य समाचारहरु