सन्धिखर्कको श्री भगवती माबि कुर शंखेटारीमा शिक्षक बिद्यार्थी अभिभावक र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

शोभाखर पन्थी 
कुर शंखेटारी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको श्री भगवती माध्यमिक बिद्यालय कुर शंखेटारीमा शिक्षक ,बिद्यार्थी ,अभिभावक र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
कक्षा १० मा अध्यनरत बिद्यार्थीहरुको पठनपाठनको बिषयलाई लिएर आयोजित कार्यक्रममा सहभागी अभिभावकहरुले बिद्यार्थीले पठनपाठनमा भन्दा अतिरिक्त कृयाकलापमा बढी ध्यान दिने गरेको गुनासो गरे ।उनिहरुले शिक्षकहरूले गरेको मेहनत प्रती प्रसंसा व्यक्तगर्दै थप उत्साहित भएर बिद्यार्थीको भबिस्य निर्माणकार्यमा जुट्न आग्रह समेत गरे । 
कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिका वार्ड नं. २ का अध्यक्ष मोतिजङ् रायमाझीले शैक्षिक क्षेत्रमा आमुल परिबर्तनको खाँचो रहेको बताउनु भयो ।उहाँले बैज्ञानिक र व्यबहारीक शिक्षाको पक्षमा राज्यको ध्यानाकर्षण गराउँदै शिक्षक,बिद्यार्थी र अभिभाबकको पारस्परिक सहयोग बाट शैक्षिक गुणस्तर बृद्धिगर्न सकिने बताउनु भयो । 
श्रोतव्यक्ति युबराज भुसालले शैक्षिक गुणस्तर बृद्धिको निम्ति सबैपक्षको ध्यानाकर्षण गराउनु भयो । बिद्यार्थी मुल्यांकनको आधार परिक्षाका अतिरिक्त बिद्यार्थीको आनिबानी र व्यबहार भएको बताउँदै उहाँले सकारात्मक सोच र नैतिक शिक्षाको पक्षमा जोड दिनुभयो । 
बिद्यालयका शिक्षक नारायण प्रसाद भुसालको संचालनमा सम्पन्न कार्यक्रममा बिद्यालयका शिक्षक भरत प्रसाद ज्ञवाली ,धुर्ब के.सी. ,दिनेश बेल्बासे लगायतका बक्ताहरुले मन्तव्य राख्दै आफ्ना छोरा छोरी प्रतिको उत्तरदायित्व पुरागर्न अभिभावकहरु लाई आग्रह गर्नुभयो ।

अन्य समाचारहरु