अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । ६९ औं प्रजातन्त्र दिबसको पुर्ब सन्ध्यामा जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा जिल्ला अस्पताल अर्घाखाँचीका बिरामीहरुलाई होर्लेक्स तथा फलफूल बितरण गरिएको छ।
जिल्ला समन्वय समिति अर्घाखाँची का प्रमुख पिताम्बर शर्मा उप प्रमुख ऋषि पुलामी प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने प्रहरी नायब उपरीक्षक नबराज मल्ल उद्योग बाणिज्य महासङ का केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ जिल्ला अध्यक्ष युबाराज श्रेष्ठ नेकपा कि महिला नेतृ छम कुमारी खनाल राजनैतिक दलका प्रतिनिधि जिल्ला अस्पतालका स्वास्थ कर्मी लगायतले अस्पताल मा रहेक करिब १७ जना बिरामी हरु लाई स्वास्थ लाभ को कामना गर्दै होर्लेक्स तथा फलफूल बितरण गरिएको थियो जस्को प्रायोजन उद्योग बाणिज्य संघ अर्घाखाँचीले गरेको थियोे ।
जिल्ला मा प्रजातन्त्र दिबसको अबसर मा तीन दिन सम्म विभिन्न कार्यक्रम रहेको आयोजकले जनाएको छ।