शून्य भोकमरीतर्फ नेपालः खाद्य सुरक्षा र पोषणको रणनीतिक समीक्षा प्रतिवेदन सार्वजनिक

news
राष्ट्रिय योजना आयोगले ‘शून्य भोकमरीतर्फ नेपालः खाद्य सुरक्षा र पोषणको रणनीतिक समीक्षा’ प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनले खाद्य सुरक्षा र पोषणतर्फ थप ध्यान र लगानी बढाउनुपर्नेमा जोड दिएको छ ।
प्रतिवेदनको सोमबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले सार्वजनिक गरेका थिए ।
रणनीतिक समीक्षा प्रतिवेदन आयोगको नेतृत्वमा रहेको एउटा अन्तरमन्त्रालय सल्लाहकार समितिको सुपरीवेक्षणमा सम्पन्न स्वतन्त्र अध्ययनपछि तयार पारिएको आयोगले जनाएको छ ।
यसले खाद्य सुरक्षा र पोषण अवस्था, चुनौती, अवसर र सन् २०३० सम्ममा नेपाललाई भोकमरी शून्य मुलुक बनाउने दीगो विकास लक्ष्य हासिल गर्न चाल्नुपर्ने कदमसम्बन्धी सुझाव प्रस्तुत् गरेको आयोगले जनाएको छ । इमेजखबरमा समाचार छ ।