पाणिनी गाउंँपालिकाको भर्तापुरमा मुख्यमन्त्री ग्रामीण बिकाश स्थलगत अभिमुखी अध्यागमन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

प्रदिप सूर्यवंशी
भर्तापुर ,अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्ला पाणिनी गाउपालिका ५ भर्तापुरको बिपन्न बर्गलाई लक्षित गरि कार्यक्रम अन्तिम चरणमा कार्यक्रम सम्पन्न भएको छ।
विशेषगरि पाणिनी गाउपालिका ५ भर्तापुरमा उपयुक्त हुन्छ भन्ने सोचले सो कार्यक्रम आज भर्तापुरमा ल्याएको जानकारी पा.गा. को ५ वडा अध्यक्ष जिबलाल घिमिरेले जानकारी गराउनुभएको थियो।
यसैगरी यहाँ अदुवा खेति,बेसार खेति, पिँडालु खेती,मौरी पालन बाट प्रसस्त आम्दानी लिन सक्ने हिसाबले यो कार्यकम यो स्थानमा कार्यक्रम तय गरेको कुरा पनि वडा अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ।  सोही कार्यक्रम समोजक अच्युत गौतम,सचिब जनक पन्थि, यसैगरी यस कार्यक्रमको सदस्य जिबनारायण घिमिरे, बिमला घिमिरे र लक्ष्मी गौतम, रहनुभएको छ।
यसैगरी सोही कार्यक्रममा भर्तापुरका बुद्धिजिबि,इन्द्रमनी घिमिरे, पाणिनी गाउँ पालिका सदस्य धन बहादुर सिंजाली,पाणिनी गाउँ पालिकाका कृषि प्राविधिक डडीराम अधिकारी, समाजसेवी डडीराम बेल्बासे,पाणिणि गाउँ पालिकाका वड अध्यक्ष जिबलाल घिमिरे र कार्यक्रम सहकर्ता भरत न्यौपाने र स्वतन्त्र पत्रकार प्रदेश प्रासद :- प्रदिप सूर्यबंशीको पनि उपस्तिथि रहेको थियो। पालिकाले छनोट गरेर सोही कार्यक्रम भर्तापुरमा ल्याईएको हो 
सोही कार्यक्रमको संचालन भरत न्यौपानेले गर्नुभएको थियो।

अन्य समाचारहरु