स्वबियुका कार्यतालिका सार्वजनिक गर्न माग गर्दै सन्धिखर्कको पाणिनी क्याम्पसमा प्रर्दशन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची फागुन ७,  । अनेरास्वबियु र अखिल क्रान्तिकारीले आज पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीमा प्रर्दशन गरेका गरेका छन । त्रिभुवन विश्वबिद्यालयले तोकेको स्वबियु निर्वाचनको मिति नजिक आइसक्दा सम्म पनि निर्वाचनको कार्यतालिका सार्वजनिक नगरिएको भन्दै दुई बिद्यार्थी संगठनले क्याम्पस अगाडी प्रर्दशन गरेका हुन । 
कार्यक्रममा अखिल क्रान्तिकारीका नेता तथा स्वबियु सभापति लक्ष्मण खड्काले त्रिभुवन बिश्वबिद्यालयले निर्धारित मितिमा स्वबियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले बिद्याथी आन्दोलनलाई गतिशिल बनाउन पनि स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन रोक्न नहुने बताउनुभयो ।
स्वबियु निर्वाचन गर्न सहज वातावरण हुदा हुदै पनि अमुक संगठनको दवावमा स्वबियु निर्वाचन नगराउने अवस्था आउन सक्ने भन्दै अनेरास्वबियुका नेता बसन्त श्रेष्ठले अन्यत्र क्याम्पस भन्दा पाणिनि क्याम्पसमा नियमित निर्वाचन गराउने यस अघिनै सहमति भैसकेको स्मरण गराउनुभयो । उहाँले स्वबियु निर्वाचनलाई हारजित भन्दा पनि बिगतका प्रतिबद्धताको कार्यान्वयन र बिद्यार्थी आन्दोलनको बिरासत महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । 
कार्यक्रममा अखिल क्रान्तिकारीका नेता तथा स्वबियु सभापति लक्ष्मण खड्काको प्रमुख आथित्यता र अनेरास्वबियुका नेता बसन्त श्रेष्ठको विशिष्ठ आथित्यता रहेको थियो । कार्यक्रममा अखिल क्रान्तिकारीका क्याम्पस कमिटि अध्यक्ष सुदिप खनालको अध्यक्षता र अनेरास्वबियुका क्याम्पस कमिटि संयोजक तथा स्वबियु सदस्य सागर परियारको सञ्चालन रहेको थियो । 
बिद्यार्थी संगठनले तत्काल निर्वाचनको कार्यतालिका सार्वजनिक नगरिए चरणबद्ध रुपमा बिरोधका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन ।

अन्य समाचारहरु