अर्घाखाँचीमा ६९ औ राष्ट्रिय प्रजातन्त्र दिबस मनाइयो (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ६९ औ राष्ट्रिय प्रजातन्त्र दिबसको अबसरमा जिल्ला मुल समारोह समिति अर्घाखाँचीको आयोजनामा भएको विशाल प्रभातफेरी -याली तथा सभा सम्पन्न भएको छ । 
 जिल्ला समन्वय समितिका सभापति पिताम्बर सर्मा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल जिल्ला समन्वय समिति का उपप्रमुख ऋषि बहादुर पुलामि सन्धिखर्क नगरपालिका का नगरउपप्रमुख ठाकुर कुमार बिक नेपाली काङ्ग्रेस का पुर्ब केन्द्रीय सदस्य महेन्द्र प्रसाद सर्मा भुसाल प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने जिल्ला समन्वय अधिकारी कृस्न पान्डे नेकपा कि नेता छमकुमारि खनाल नेपाली काङ्ग्रेस का सचिब बिस्नु भुसाल राप्रपा का दिपम कुवर परिबार दलका डिल्लिराज भुसाल जिल्ला खेलकुद बिकास समिति का अध्यक्ष सिद्दि प्रसाद भुसाल पत्रकार माहासघ का हिम लेकालि कर्मचारी मिलन केन्द्र का अध्यक्ष खिम बहादुर राना रामबाण गुल्मका निरज भन्डारि प्रहरी नायब उपरीक्षक नबराज मल्ल लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा स्थानिय निकायका जनप्रतिनिधी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नागरिक समाज,पत्रकार, बिभिन्न सरकारी कार्यालयका कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधी, विभिन्न विद्यालयका विद्यार्थीहरु लगायत स्थानिय अं. ८०० जनाको उपस्थिती थियो ।  

अन्य समाचारहरु