कृषी तथा पशुपंक्षी बिकास मन्त्री अर्घाखाँचीमा, कृषि,पर्यटन र उर्जाको क्षेत्रलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उल्लेख

श्याम घिमिरे 
फागुन ९ अर्घाखाँची – कृषी तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेबले कृषि,पर्यटन र उर्जाको क्षेत्रलाई केन्द्रमा राखेर बर्तमान सरकारले काम गरीरहेको हुनाले जनताको माग र समाज रुपान्तरण अनुसार बिकास निर्माणले गति लिएको बताएका । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले बिहिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् ।
सरकार सन्चालनको कुरामा सकारात्मक र नकरात्मक टिकाटिप्पणी हुने कुरा सामान्य भएको बताउदै मन्त्री खनालले देशको समृद्धि र बिकास निर्माणमा स्थिर सरकारले निरन्तर काम गरीरहेकाले सरकारले ५ बर्ष भित्रमा बिकास निर्माणको बलियो पुर्बाधार निर्माण गर्नुपर्ने भन्दै सरकारमाथी अझै प्रश्न उठाउने बेला नआएको बताए ।
मन्त्री खनालले जनताका आधारभुत आबश्यकतालाई हिजो जस्तै दुःख गर्न नपर्ने परीस्थीतिको निर्माण भएकोले युबालाई बिदेश पलायन हुनबाट रोक्न सरकाले कृषि क्षेत्रमा मास्टर प्लान बनाएको समेत बताए । सरकारले नेपालमा केही महिना भित्रैमा रेल गुडाएरै छाड्ने दाबी गर्देे खनालले दुई पार्टी बिचको एकता अब केही दिनमा फाईनल हुने भएकोले कार्यकर्ताहरुलाई धैर्य रहन आग्रह गरे । 
कार्यक्रम नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनालको अध्यक्षता कोषाध्यक्ष बिनोद गैरेको स्वागत मनतब्य र सचिब सुर्य भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु