श्याम घिमिरे
फागुन ११ अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानी ५ बाँगीमा रहेको शान्ती माबि बाँगीमा सुक्रबारीय कार्यक्रम अन्तरगत सुक्रबार बतृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।
आधारभुत तह र माबीतह स्तरीय छुट्टाछुट्टै सम्पन्न प्रतियोगीता सम्पन्न भएको हो । आधारभुत तहमा अग्रेजी शिक्षको महत्व भन्ने शिर्षकमा सम्पन्न प्रतियोगीतामा अमित खड्का प्रथम,योगेश खड्का द्धतिय र कृष्टीना भुसालले तृतिय स्थान प्राप्त गरेका थिए ।
त्यस्तै माबि तहमा बर्तमान समयमा सुचना तथा प्रबिधिको महत्व भन्ने बिषयमा सन्देश पन्थी प्रथम,रीजन बिक द्धतिय र अर्चना बिकले तृतिय स्थान प्राप्त गरेको बिद्यालयले जनाएको छ । सोही अबसरमा कक्षा १० को नतिजा बिश्लेषण समेत सम्पन्न गरीएको हो ।
कार्यक्रममा बिद्यालयका प्रअ मानबहादुर पाण्डे,सहायक प्रअ ताराप्रसाद भुसाल,शिक्षक श्यामलाल क्षेत्री,थानेश्वर आचार्य,बलराम भुसाल लगायतले मनतब्य राख्नु भएको थियो ।