श्याम घिमिरे
फागुन ११ अर्घाखाँची – नेपाल विद्यार्थी संघ धातिवाङ्ग माध्यमिक विद्यालयले हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरको छ । ५ समुहको सहभागीता रहेको कार्यक्रममा शिवालय समूह प्रथम, सिद्वगुफा समूह द्वितीय, माइकास्थान समूह तृतीय, सिद्वखोल्टी र मालिकास्थान समूह सान्त्वना भएका छन् ।
कार्यक्रममा नेविसंघका जिल्ला अध्यक्ष भरतमणि भट्टराईले नेविसंघ विद्यार्थीहरूको हक र हितका लागि लाग्ने बताउँदै रचनात्मक कार्य गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा काँग्रेस पुर्व क्षेत्रीय सभापति मणिराम पौडेल, धातिवाङ्ग सभापति शोभाखर पौडेल, नेविसंघ जिल्ला सचिव नवीन पौडेल, वडा अध्यक्ष शुभबहादुर सारू, वडा सदस्य खगिश्वर पौडेल, जिल्ला सदस्य घनश्याम परिश्रमी, तरूण दलका अध्यक्ष रमेश पौडेल लगाएतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रम नेपाल विद्यार्थी संघ धातिवाङ्ग मावि मुल इकाई समिति अध्यक्ष विन्दु पौडेलको अध्यक्षता, कोषाध्यक्ष धना पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।