प्रेम खड्का
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पर्ने पश्चिम नेपालको प्रख्यात सुपादेउराली मन्दिर क्षेत्रमा हर्न निषेधित क्षेत्र लागु भएको छ ।
सुपादेउराली मन्दिर क्षेत्रमा अबदेखि हर्न बजाउन नपाइने व्यवस्था लागू भएको हो। जिल्ला प्रशासन, प्रहरी कार्यालय , र सुपादेउराली मन्दिर संचालक समितीको निर्णय अनुसार सुपादेउराली मन्दिर क्षेत्र, बजार वरपर हर्न बजाउन नपाइने भएको हो ।
इमर्जेन्सी अवस्थाबाहेकका सामान्य अवस्थामा हर्न निषेधित क्षेत्रमा हर्न बजाएमा ट्राफिक इसारा उल्लङ्घन गरेको कसुरमा रु ५०० देखि १ हजार ५०० सम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको ट्राफिक प्रहरीले अर्घाखाँचीडट्कमलाई जानकारी गरायो ।
साथै यस क्षेत्रमा हर्न निषेधित क्षेत्र भनेर अस्थायी प्रहरी चौकी नरपानी र सुपादेउराली मन्दिर व्यवस्थापन समितीको संयुक्त रुपमा अनुरोध गरिएको प्रचारात्मक बोर्डहरु पनि लगाइएको छ ।
सुपादेउराली मन्दिर क्षेत्रमा बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नका लागि हर्न निषेधित क्षेत्र लागु गरिएको हो ।