हरि भुसाल
सन्धिखर्क, अर्घाखाँची फागुन ११ । महालक्ष्मी ईन्स्यारेन्स कम्पनिले सन्धिखर्कमा अभिकर्ता तालिम सम्पन्न गरेकाे छ ।
सन्धिखर्क साथि हाेटलमा सम्पन्न कार्यक्रममा कम्पनिका डेपुटी कार्यकारी निर्देशक कमल पन्थीले बिमा मानव जिवनकाे लागि विमा अत्यावश्यक रहेकाे बताएका थिए । कार्यक्रममा कम्पनीका रिजनल म्यानेजर अर्जुन गिरिले बिमा र मानव जीवन एक अर्काकाे परिपुरक जस्तै भएकाेले घरघरमा पुगेर बिमाकाे वारेमा शीक्षा दिन अभिकर्ताहरुलाई अाग्रह गरेका थिए ।
जिल्लाभरका करीव १५० जनाकाे सहभागिता रहेकाे कार्यक्रमकाे अध्यक्षता कार्यक्रम संयाेजक जागृत केसीकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । महालक्ष्मी ईन्स्याेरेन्सले अर्घाखाँचीमा केहि दिनमै जिल्ला शाखा गठनकाे तयारी गरेकाे पत्रकार ईन्द्रमणि भुसालले जनाएका छन् ।