अर्घाखाँचीडट्कम संवाददाता
ढिकुरा, अर्घाखाँची फाल्गुन ११ । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुराको शारदा उच्च माध्यमिक ढिकुरामा ढिकुरा नमुना परिसद र शारदा उच्च माबिको पहलमा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न भएको छ ।
ढिकुरा पेंहाले निबासि स्वर्गीय खिम प्रसाद भट्टराई को पुण्यतिथिको अबसर पारेर बिगत बर्ष हरुमा जस्तै यसपटक पनि छोरा डा.धुर्ब भट्टराई द्वारा प्रदान गर्दै अाउनु भएको दुई जना असहाय जेहेन्दार बिधार्थि हरुलाई उनिहरुको उज्वल भबिश्यको कामना गर्दै शारदा उच्च माध्यमिक ढिकुरामा ढिकुरा नमुना परिसद र शारदा उच्च माबिको पहलमा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको सभापति ढिकुरा नमुना परिसदका कार्यबाहक अध्यक्ष दिपक चुदालिको अध्यक्षतामा सम्पन्न भएको कुरा जानकारिमा आएको र कार्यक्रमका प्रमुख अतिथि भु.न .पा.९ ढिकुराका अध्यक्ष नारायण खनाल र प्रमुख बक्ता नेपाल रेडक्रस ढिकुरा उपशाखा सभापति मोति भट्टराई,हुनुहुन्थ्यो भने स्वागत मन्तव्य ढिकुरा नमुना परिसदका सदस्य अर्जुन घिमिरेले गरेका थिए। शारदा उच्च मा .बि .का प्राचार्य बिष्णु भट्टराईले स्वागत ब्यक्त गर्नु भएको
उक्त कार्यक्रम सञ्चालन सोही उच्च मा बि का युबा शिक्षक निर्मल भट्टराईले सञ्चालन गर्दै स्व खिम प्र भट्टराईको सामाजिक योगदान र वाहको छोरा डा, धुर्ब भट्टराईले अाफ्नो बुवाको समझनामा देखाउनु भएको योगदानको मुक्त कठ्ठले चर्चा परिचर्चा गरिएको थियो,एउटा छोराले स्वर्गीय बुबाको स्मृतिमा सधैजसो असहाय जेहेन्दार बिधार्थिलाई प्रदान गर्दै अाउनु भएको छात्रबृति र प्रमाणपत्र दिदै उनिहरुको उज्वल भबिश्यको कामना सहित शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।
उहाँ युबा ब्यबसायी समेत हुनुहुन्थ्यो । उहाँको मोटरसाइकल चलाउने क्रममा सन्धिखर्क शान्तिबगैंचा नजिकै दुर्घटनामा परेर आकस्मिक रूपमा अल्पायुमा नै दु:खद निधन भएको थियो।