सन्धिखर्कको लदाम बगैचामा अखिल छैठौं अर्घाखाँचीको बनभोज कार्यक्रम तथा भेला सम्पन्न (तस्बिर सहित)

अखिल छैठौं सन्धिखर्क–१ र २ को प्रशिक्षण भेला सन्धिखर्कको पर्यटकिय स्थल लदाम बंगैचामा शनिवार सम्पन्न भएको छ । अखिल छैठौं अर्घाखाँचीको गाउंटोलमा अखिल छैठौं अभियान अन्तरगत सम्पन्न भेलाले अर्विन खनालको संयोजकत्वमा ९ सदस्यिय वडा नम्बर १ र मनिषा गैरेको संयोजकत्वमा ९ सदस्यिय वडा नम्बर २ स्तरिय समितिको समते गठन गरेको छ । कार्यक्रममा अखिल छैठौका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवर,राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.,जिल्ला अध्यक्ष थम्मन के.सी.,अनेम संघ केन्द्रिय उपाध्यक्ष सकुन्तला राना,जातिय समता समाजका केन्द्रिय सदस्य राजेन्द्र नेपाली,अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सचिव उषा पुन,अखिल नेपाल शिक्षक संघका सन्धिखर्क नगर सचिव महेश पाण्डे,अखिल छैठौंका पूर्व नेता रामजी भट्टराई,प्रगतिशिल पत्रकारका केन्द्रिय सदस्य श्याम घिमिरे लगायतले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै उहांहरुले कुरिति र विकृतिले गर्दा प्रसय पाइरहेको सामाजिक अपराधलाई नियन्त्रणका निम्ती अखिल छैठौंले संचालन गरेको गाउंटोलमा अखिल छैठौं अभियान सान्र्दभिक हुने विस्वास लिनुभएको छ । देशका उर्जावान युवा मध्येका केही युवा हरुनै अन्जानमा लागु औषध र्दुब्यसनीमा फस्नु,कुलत बाटो छोप्नु जस्ता गतिविधिले सामाजमा नकरात्मक असर पारेको भन्दै उहांहरुले गलत कार्यमा फस्न नदिन यो अभियान कोशेढुङ्गा सावित हुने भन्दै अभियान सफल पार्न सबै एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ । अखिल छैठौं सन्धिखर्क १ र २ का विद्यार्थी नेता कार्यकर्ता,अभिभावक समेतको उल्लेख्य सहभागितामा प्रगतिशिल वनभोज समेत गरिएको कार्यक्रम अखिल छैठौंका जिल्ला अध्यक्ष सन्देश खनालको अध्यक्षता,पाणिनि बहुमुखी क्याम्पस मुल इकाइ समिति सदस्य मनिषा गैरेको स्वागत मन्तव्य र गोपाल प्रसाद भट्टराईको संचालनमा सम्पन्न भएको हो । भुमिकास्थान–४,धारापानीको मैनडांडामा सम्पन्न प्रथम भेलाले अध्यक्ष दमासेको नेतृत्वमा १३ सदस्यिय नगर समितिको निर्विरोध गठन गरेको हो ।नवगठित नगर समितिको उपाध्यक्षमा कमला खत्री,सचिव लक्ष्मी वि.क.,सह–सचिव रमा आचार्य र कोषाध्यक्षमा आरता वेल्वासे चयन हुनुभएको छ ।कार्यक्रमको उद्घाटन गर्दै संघकी केन्द्रिय उपाध्यक्ष सकुन्तला रानाले समाजमा अझैपनि पुरातनवादी सोंच हावी भएका कारण महिला हिंसाका घटना नरोकिएको दाबी गर्नुभएको छ ।“बैज्ञानिक शिक्षाको अभाव र नागरिक सचेतनाको कमी हुंदा पुरातनवादी सोंच हट्न सकेको छैन”उपाध्यक्ष रानाले भन्नुभयो,“नेपाली समाजमा अझैपनि महिलालाई हेर्ने दृष्ट्रीकोण फरक रहेको छ ।”उहांले अगाडि थप्नुभयो,“यस्तो नकरात्मक सोंचलाई सबै मिलेर हटाउन जरुरी छ ।” कमला खत्रीको अध्यक्षता,उमा मरासिनीको स्वागत मन्तव्य र लक्ष्मी वि.क.को सन्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा,जिल्ला सचिव बाबुराम पन्थी सुनार अनेम संघ जिल्ला अध्यक्ष कल्पना पोख्रेल,जनप्रतिनिधि भोजराज खनाल लगायतले मन्तव्य राख्दै मुलुकमा अपराध गर्नेहरुलाई राज्यबाटै संरक्षण हुंदै आएको आरोप लगाउंदै समाजिक बिकृतिका बिरुद्ध सबै एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ ।


श्याम घिमिरे 
लदाम बगैचा फागुन ११ अर्घाखाँची – अखिल छैठौं अर्घाखाँचीको आयोजनामा सनिवार प्रगतिशील बनभोज कार्यक्रम तथा भेला सन्धिखर्कको लदाम बगैचामा सम्पन्न भएको छ । 
छैठौंका जिल्ला अध्यक्ष सन्देश खनालको अध्यक्षता,मनिषा गैरेको स्वागत मनतब्य र गोपाल भट्टराईको सन्चालनमा सम्पन्न भएको कार्यक्रमले सन्धिखर्क नगरपालीका वडानम्बर १ र २ को वडासमिति गठन गरेको हो ।
भेलाले सनपा १ मा अरबीन्द खनाल र सनपा २ मा मनिषा गैरैको संयोजकत्वमा ९÷९ सदस्यीय वडासमितिको गठन गरेको छ ।
 कार्यक्रममा अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवँर,राजमो नेता शेर बहादुर बिसी , थम्मन केसि,सकुन्तला राना,राजेन्द्र नेपाली ,उषा पुन,कर्मचारी संगठनका रामजि भट्टराई ,प्रगतिशील पत्रकार संघका श्याम घिमिरे , शिक्षक प्रतिनिधि महेश पाण्डे लगायतले शुभकामना मनतब्य राख्दै देशमा भएका हरेक परिवर्तनमा बिद्यार्थीहरूको अहम भुमिका रहेकोले बिद्यार्थी बर्गको हकहितका लागी डटेर अगाडि बढ्नु पर्ने भन्दै समाज रुपान्तरणमा सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको थियो ।

अन्य समाचारहरु