प्रेमनारायण आचार्य
सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङलामा २४ घण्टे प्रसुती सेवाको शुभारम्भ भएको छ । सन्धिखर्क नगरपालिका वाड नम्वर ४ र ५ लाइ जिरो होम डेलिभरी वडा बनाउने उदेश्यका साथ बर्थिंग सेन्टरको सुभारम्भ गरिएको हो ।
२४ घण्टे प्रसुती सेवाको आज एक कार्यक्रमका विच जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर सर्माले उद्धाटन गर्नु भएको छ । उँहाले सबै महिलााहरुले स्वास्थ्य सस्थामै आएर बच्चा जन्माएमा आमा र बच्चा दुबैको स्वास्थ्य अबस्था राम्रो हुने बताउनु भएको छ । उहाले आफ्नै गाँउमा स्थापना भएको २४ घण्टे प्रसुती सेवाको राम्रो संग उपयोग गर्नु पर्ने बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले घरमै बच्चा जन्माउदा आमा र बच्चाको ज्यानै जाने जाखिम रहेकाले सबैलाइ स्वास्थ्य सस्थामै आएर बच्चा जन्माउन आग्रह गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक , सन्धिखर्क ५ का वडा अध्यक्ष राजेन्द्र भुसाल , नगरपालिकाका स्वास्थ्य शाखा सयोजक पुर्ण पराजुली , नेपाली कांग्रेसका नगर सभापति विनोद आचार्य लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम सन्धिखर्क ४ का वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता र विनोद पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।