ठाडामा क्याम्पस भवन निर्माण गर्न धार्मिक महोत्सव हुने

बिष्णु कुमार आले 
ठाडा, अर्घाखाँची फागुन १३ । क्याम्पस भवन निर्माण गर्न अर्घाखाँचीको  ठाडामा धार्मिक महोत्सव हुने भएको  छ । 
आफ्नो भवन नहुदा पठ्न पाठ्नलाई समस्या भएपछी ज्योतिभविश्वर बहुमुखी क्याम्पस ठाडा अर्घाखाँचीले भवन निर्माणका लागी श्रोत जुटाउन एक हप्ते धार्मिक महोत्सवहुने भएको हो । 
दक्षिण खाँचीमा रहेको एक मात्र क्याम्पसमा अध्यन गर्ने बिद्यार्थीको चाप बढ्न थालेपछी भवनको अभावमा पठन, पाठन गर्न अप्ठ्यारो भएको छ ।
भवन निर्माणका लागी श्रोतको जोहो गर्न महाँयज्ञ संचालनगर्न थालीएको महाँयज्ञ तथा क्याम्पस संचालन समितीका अध्यक्ष कुमार केसवसिङ बेल्बासले जानकारी दिनुभयो । जील्लाको सबै धार्मिक तथा पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रर्बद्घनकालागी यो महायज्ञ संचालन गर्न लागिएको क्याम्पस प्रमुख तथा महाँयज्ञ संचालन समितीका महासचिव बिष्णु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
 क्याम्पस नहुदा बाहिर अध्यनगर्न जानु पर्ने बाध्यतालाई मध्यनजर गरि २०६७ सालमा स्थानिय बुद्घिजिबी ,शिक्षाप्रेमीको अगुवाईमा ज्योतिबहुमुखी क्याम्पस स्थापना गरिएको थियो ।

अन्य समाचारहरु