सन्धिखर्कमा स्वरोजगार लघुबित्त बित्तीय संस्थाको प्रथम केन्द्र भेला सम्पन्न

श्याम घिमिरे 
सन्धिखर्क, फागुन १३ अर्घाखाँची – स्वरोजगार लघुबित्त बित्तीय संस्थाको प्रथम केन्द्र भेला सोमबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । 
केन्द्रका सहायक सिओ समिरराज जोसीको प्रमुख आतिथ्ययता रहेको भेलामा संस्थाका मधुसुधन पन्त,राजमल्ल ठकुरी र हरीप्रसाद मरासीनि लगायतले संस्थाको गतिबिधि र भाबि कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको हो ।
भेलामा जिल्लाका बिभिन्न केन्द्रका करीब १ सय ५० भन्दा बढी सदस्यहरुको सहभागीता रहेको थियो । सोही कार्यक्रममा संस्था सन्चालनमा उत्कृष्ट गतिबिधि गरेको भन्दै बिभिन्न १० वटा केन्द्रलाई पुरस्कृत समेत गरीएको हो । 
जिल्लामा हाल स्वरोजगार लघुबित्त बित्तीय संस्थामा ६० वटा केन्द्रहरु रहेका संस्थाका कर्मचारी बिशाल अर्यालले बताएका छन ।

अन्य समाचारहरु