प्रेमनारायण आचार्य
बरबास, फागुन १३, अर्घाखाँची । ह्वील चियरमा हिडने अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नं. ७ नुवाकोट बरबास निवासी मृगौला रोगी ३८ बर्षिय जीवन मर्साईको उपचारको निम्ति आर्थिक सहयोग प्रदान गरेका छन ।
२०६४ सालमा विद्युतको लायन बनाउदा घाइते भएका उनी ह्वील चियरमा बसेर हिडन बाध्य छन । उनका दुबै खुट्टाले काम गर्दैनन । जो होचो उसैका मुखमा घोचो भने जस्तै उनी अहिले मृगौला रोगबाट पिडीत छन ।
असक्त जीवन विताएका मर्साइलाइ उपचारकोलागि आर्थिक अभाव भएको थाहापाएपछि जापानमा रहेका युवाहरुले रकम संकलन गरेका हुन । जापानबाट बाट युवाहरुले पठाएको रकम समाजसेवी सहयोगी विसी मार्फत उनकै घरमा पुराइएको हो ।
अर्घाखाँचीबाट रोजगारीकोलागि जापान गएकाहरुको संगठन अर्घाखाँची जापान समाजद्वारा संकलित एक लाख सात हजार सात सय ३६ रुपैया उनकै घर नुवाकोटको बरबासमा गइ हस्तान्तरण गरिएको हो । संकलित रकम भुमिकास्थान नगरपालिकाका नगर प्रमुश रेशम थापाले ३८ बर्षिय मर्साइलाइ हस्तान्तरण गर्नु भएको हो ।
समाजले अहिलेसम्म जिल्लाका झन्डै ४ दर्जन ब्यक्तिलाई ३०लाख बराबरको सहयोग प्रदान गरिएको समाजका अध्यक्ष नेत्र बिस्टले बताउनु भयो।उहाँ हरुका अनुसार अत्यन्तै पिडित ब्यक्तिको बारेमा यथार्थ बुझेर मात्र सहयोग गरिने बताउनु भयो।
रकम हस्तान्तरण कार्यक्रममा मर्साइलाइ नगर प्रमुख रेशम थापाले १० हजार , टेक बहादुर थापाले ५ हजार र वडा सदस्य कमल सुनारले २५ सय २५ रुपैया समेत प्रदान गर्नु भएको छ ।
साथै स्थानिय छिमेकीको पहलमा सहयोग रकम संकलन गर्ने काम भएको र २ लाख जति रकमको घोषणा सहित संकलन कार्य भएको र केही दिन पछि निज जीवन मर्साई लाई हस्तान्तरण गरिने समेत बताइएको समाजसेवी सहयोगी विसीले बताउनु भएको छ ।