बाँगीमा जनप्रतिनिधी सहितको पुर्नमिलन तथा बनभोज कार्यक्रम सम्पन्न

फागुन ११, २०७५ 

सागर महत 
बाँगी फागुन ११,अर्घाखाँची। अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ५ बाँगीमा लामो समय सम्म शिक्षण पेशामा रहि निवृत शिक्षकहरु र वहालवाला शिक्षक, जनप्रतिनिधी सहिको पुर्नमिलन तथा बनभोज कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी शिक्षा बिकास समन्यका मनिराम पराजुलीले वाडा नं.५ ले शिक्षामा गरेको प्रयास अन्य वडाले पनि सोही अनुसार गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका अध्यक्ष शान्ती माविका  प्रधानाध्यापक मानबहादुर पाण्डेले निवृत बरिष्ट शिक्षकहरुको अनुभहरुको शौक्षिक उन्नयन र विकासमा लगाउनु पर्नेमा जोड दिनु भयो ।कार्यक्रम सिद्ध माविका डिल बहादुर केसीको स्वागत  मन्तव्य सुन्दर आधारभुत विद्यालयका प्रधानाध्यापक शोभाखर पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो। 
कार्यक्रममा वडाध्यक्ष अध्यक्ष शोभाकर भुसाल, सदस्य शंकर महत, डाल बहादुर चौहान, निवृत शिक्षक खिमानन्द पन्थि, ठाकुर पन्थी लगायतले शौक्षिक क्षेत्रको अनुभव राख्नु भएको थियो ।

अन्य समाचारहरु