प्रेमनारायण आचार्य
धारापानी फागुन १३, अर्घाखाँची। अन्य देसमा जाने मानिसहरुको अनिबार्य विमा गर्नु पर्ने नियम भएपनि भारतमा जाने मानिसहरु विमा विनानै जाने गरेका छन ।
महिला सहकारीलाइ सक्षम रुपमा अगाडी बढाइ सहकारीका सदस्यलाइ आत्मनिर्भर बनाउन काम गरिहेको सस्था जनचेतना सरोकार मञ्चले अक्सफार्मको सहयोगमा र भुमिकास्थान नगरपालिकाको सहकार्यमा प्रभु इन्स्योरेन्स लिमिटेड मार्फत निशुल्क दुर्घटना विमाको सेवा ल्याएको हो ।
भुमिकास्थान नगरपालिकाको वाड नम्वर ४ धारापानीमा रहेको शसक्तिकरण महिला कृषि सहकारी सस्थाले वाड नम्वर ३ र ४ मा स्थायी घर भइ रोजगारीको सिलसिलामा रहेका ६३ जनाको निशुल्क विमा गरि, निशुल्क विमाको सुरुवात गरिएको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताए । विमालेख पत्र आज एक कार्यक्रमका विच नगर प्रमुख रेशम थापाले शसक्तिकरण महिला कृषि सहकारी सस्थाकि अध्यक्ष सिता खड्कालाइ हस्तान्तरण गरेका छन ।
भुमिकास्थान नगरपालिकाको १,२,३,४ र ९ नम्वर वडा बाट मात्रै झण्डै २ हजार जना मानिसहरु रोजगारीकोलागि भारतमा गएका छन । शसक्तिकरण महिला सहकारी संगसंगै ढाकाबांगमा रहेको भुमिकास्थान नगरपालिकामा रहेका वार्ड– १ मा रहेको जनचेतना महिला कृषि सहकारी सस्था, र ९ मा रहेको गंगा जमुना महिला बचत तथा ऋण सहकारीले निशुल्क विमाको कार्य गर्नेछन ।
रोजगारीकोलागि भारतमा गएर असुरक्षित रुपमा काम गरिरहेका श्रमीकहरुको समस्या समाधान गर्न निशुल्क विमाको सुरुवात गरिएको जनचेतना सरोकार मञ्चका ब्यबस्थापक युवराज ज्ञवालीले बताउनु भयो ।