पालीको श्री कमला माविमा समुदाय –प्रहरी साझेदारी सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न (तस्बिर सहित)

प्रेम खड्का
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं.८ पाली स्थित श्री कमला माद्यामिक विधालयमा समुदाय –प्रहरी साझेदारी सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा लागु औषध, जवरजस्ती करणी,लैङ्गिक हिंसा, साईबर अपराध, बालविवाह लगायत विविध विषयलाई समेटी जनचेतनामुलक प्रशिक्षण दिईएको थियो । प्रशिक्षण जिल्ला प्रहरी सहायक निरीक्षक आशिष विश्वकर्माले दिएका थिए ।  
  
“समुदाय –प्रहरी साझेदारी” कार्यक्रम अनुसार प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत आईतबार ११:०० बजे देखि १४:०० बजे सम्म पाली स्थित श्री कमला मा.वि.मा जनप्रतिनिधी, शिक्षक, स्थानियवासी, वुद्दिजिवी,पत्रकार तथा विद्यार्थीहरु समेत गरि अं ५०० जनाको उपस्थितीमा प्लेकार्डहरु सहित –र्याली निकाली स्थानिय वजार एरिया परिक्रमा गरिएको थियो । 
यस्तै प्रशिक्षणमा कमला मा.वि. मा अध्यनरत कक्षा ७ देखी १२ सम्मका का अं. २५० जना विद्यार्थीहरुको उपस्थिती थियो । 

अन्य समाचारहरु