अर्घाको अल्गाटारीमा बस दुर्घटना हुँदा ८ जना घाइते (घाइते नामावली र तस्बिर सहित)

प्रेम खड्का
अल्गाटारी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । गुल्मीको अर्खबाङबाट बुटवल जाँदै गरेको यात्रुबाहक बस सन्धिखर्क ९ अर्घाको अल्गाटारीमा दुर्घटना भएको छ । 
गुल्मीको अर्खबाङबाट बुटवल जाँदै गरेको लु १ ख ७३६६ नम्बरको बस अल्गाटारीमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।  बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।   
घाइते यात्रुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ । दुर्घट्नापछि केही समय सडक अबरुद्द भएको थियो ।  बसका मालिक रोमाखर खनाल हुन् ।  
घाइते हुनेको विवरण यस प्रकार छ । 
(१) गोबिन्द दमासे ,भुमिकास्थान ६ खिल्जी( बर्ष ३१)
(२) रेमलाल भुसाल सन्धिखर्क ८ ( बर्ष ३०)
(३) नरेन्द्र थापा मालारानि ६ ( बर्ष ६५)
(४) फर्सुराम राना मालारानी ६ ( बर्ष ५२)
(५) खडक थापा मालारानी ६ ( बर्ष २२)
(६) वसन्त थापा मालारानी ६ ( बर्ष २५)
(७) भुमा थापा घुर्कोट ३ गुल्मी ( बर्ष ३९)
(८) शाबित्रा खड्का मालारानी ५ बाँगी ( बर्ष ४७)

अन्य समाचारहरु