पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा स्ववियु निर्वाचन भएको २ वर्ष पुरा गरेको अवसरमा वार्षिकोत्सव मनाइयो (तस्बिर सहित)

अभिनव चौहान 
पाणिनी बहुमुखी क्याम्पस, फाल्गुन १४, अर्घाखाँची ।  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको आज  २ वर्ष पुरा भएको छ। 
सोही अवसरमा  पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा स्ववियुद्वारा वार्षिकोत्सव मनाइएको हो। २०७३ साल फाल्गुन १४ गते आजैको दिन  स्ववियुको निर्वाचन सप्पन्न भएको थियो।सो अवसरमा आज आफ्नो कार्य योजना प्रस्तुत तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा स्ववियु  सभापति लक्ष्मण खड्काले आफ्नो नेतृत्वमा सप्पन्न गरेको काम र आगामी दिनमा गर्ने कामको बारेमा कार्ययोजना प्रस्तुत गर्नु भएको थियो।त्यसै गरि स्ववियु सह-सचिव  कुलराज बन्जाडे मन्तव्य राख्दै स्ववियुको गतिविधिको बारेमा बताउनु भएको हो।
प्रमुख अतिथि बुद्धिराम भुसाल ,स्ववियु कोषाध्यक्ष घनश्याम पौडेल , सह सचीव कुलराज बन्जाडे,स्ववियु सदस्यहरु सागर परियार  र राम चन्द्र श्रेष्ठ तथा  नेपाल विद्यार्थी संघ  पाणिनी क्याम्पस प्रतिनिधि मेलिना सिंह ठकुरी , पत्रकार अभिनव चौहान लगायतको उपस्थिति रहेको थियो।
लक्ष्मण खड्काको प्रमुख आतिथ्यता  , घनश्याम पौडेलको स्वागत मन्तव्य र बर्जना खनालको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।

अन्य समाचारहरु