शितगंगा स्थित सितापुरको दमारकी १२ वर्षिया एक बालिका बेपत्ता

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर -२ सितापुरको दमारकी एक बालिका बेपत्ता भएकी छिन् । 
सितापुर दमारका शोब बहादुर बिककी १२ वर्षिया छोरी शान्ता बिक हिजो फागुन १३ गते सोमबार देखि बेपत्ता भएकी हुन् । 
परिवार तथा छिमेकीका अनुसार श्री शान्ति आधारभूत बिद्यालय घुम्तीमा कक्षा पाँच अध्ययनरत छात्रा शान्ता बिद्यालय जान भनी हिडेकी र बिद्यालयमा नगई सन्धिखर्क जाने बसमा चढेकी थिईन् । साथै उनलाई सन्धिखर्क बगैंचामा गाडीबाट झरेको र त्यहाँबाट कहाँ कता गईन् थाहा हुन सकेको छैन् ।    
आर्थिक अवस्था नाजुक रहेका शोब बहादुर बिकको परिवारले जताततै छोरी खोज्दा फेला नपारेपछि खोजिदिन तथा कसैले देखेमा फोन नं ९८६३४९३६२८ / ९८४७३३००९० मा सम्पर्क गरिदिन वा नकिकैको प्रहरी कार्यालयलाई जानकारी गराईदिन अनुरोध गरेका छन् ।    
तस्बिरमा श्री शान्ति आधारभूत बिद्यालय-शि न पा-०२,घुम्ती :- 

अन्य समाचारहरु