हंसपुरको रतनमारे र गोखुङ्गामा जेष्ठ नागरीक र मुटुरोग सम्बन्धी अन्तरकृया तथा सचेतना कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे 
रतनमारे, अर्घाखाँची फागुन १६  – नेपाल हृदयरोग निबारण प्रतिष्ठान अर्घाखाँची शाखाको आयोजनामा बुधबार मालारानी गाउँपालीका अन्तरगत वडानम्वर ६ हंसपुरको सिद्धार्थ माबि रतनमारे र वडानम्वर ९ को सुर्य माबि गोखुङ्गामा जेष्ठ नागरीक र मुटुरोग सम्बन्धी अन्तरकृया तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय प्रतिनिधि एवं बरीष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले सहजीकरण गर्नु भएको हो ।
बन्जाडेले मुटुरोग केहो,यो कसरी हुन्छ, यसका लक्ष्क्षणहरु केके हुन ,यसबाट बच्ने उपायहरु र हृदयघात,ब्लडप्रेसर लगायत मुटु रोग सम्बन्धी बिभिन्न बिषयहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
बिद्यालयका बिद्यार्थी,शिक्षक,जेष्ठनागरीक लगायतको सहभागीता रहेको कार्यक्रममा नेपाल हृदयरोग निबारण प्रतिष्ठान अर्घाखाँची शाखाका अध्यक्ष सुर्य थापा,उपाध्यक्ष कृष्णप्रसाद खनाल,कोषाध्यक्ष रामप्रसाद पन्थी,सदस्य टोपलाल खनाल पत्रकार श्याम घिमिरे,सुर्य माबिका प्रअ डुकप्रसाद पौडेल लगायतले मनतब्य राख्नु भएको हो ।
संस्थाले जिल्लामा पछील्लो समय स्वास्थ्य परीक्षण र मुटुरोग सम्बन्धी चेतनामुलक कार्यक्रमहरु गर्दे आईरहेको छ ।

अन्य समाचारहरु