प्रेमनारायण आचार्य
दुर्गाफाट १६ फागुन । गाँउमै मेलमिलापकर्ता उत्पादन गर्न अर्घाखाँचीको पाणिनी गाँउपालिका दुर्गाफाटमा मेलमिलाप सम्बन्धि ८ दिने आधारभुत तालिम सुरु भएको छ ।
स्थानीय सरकारमा आउने मुद्धाहरुलाइ ग्रामीण तहमै मेलमिलापकर्ताको माध्यमबाट दुबै तर्फको जीत हुने गरि मेलमिलाप गराउनकालागि तालिमको आयोजना गरिएको गाँउ पालिकाका अध्यक्ष अच्युत गौतमले बताउनु भयो ।
तालिममका एक वडाका चार जना गरि पाणिनि गाँउपालिकामा रहेका ८ वटा वडाका ३२ जनाको सहभागिता रहेको छ । तालिममा सहभागी भएकाहरुले सामान्य झैझगडा गाँउमै मिलाउने छन । गाँउमा मिलाउन नसकेका मुद्धा मात्र पालिकाको न्यायीक समितिमा पठाउने छन ।
स्थानीय सरकारको न्यायीक समितिमा आउने मुद्धाहरुलाइ स्थानीय स्तरमै मेलमिलाप गरि गाँउमा शान्ती सुरक्षा र समझदारीता कायम गरि शान्तीपुर्ण गाँउको निर्माण गर्न तालिम सञ्चालन गरिएको गाँउपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिको संयोजक लक्ष्मी गौतमले बताउनु भयो ।
पाणिनि गाँउपालिकामा गत बर्ष १४ मुद्धाहरु न्यायीक समितिमा दर्ता भएको र जस मध्ये १२ मुद्धा मेलमिलापको माध्यमबाट मिलाइएको र २ वटा मुद्धा मात्र अदालत पठाइएको उपाध्यक्ष गौतमको भनाइ छ । यस बर्ष पनि १० मुद्धा मेलमिलापको माध्यमबाट मिलाइएको छ । २ मुद्धा अदालत पठाइएको छ ।
तालिमको उद्धाटन समारोहमा पाणिनि गाँउ पालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थी, समन्वय कर्ता भानुभक्त रिजाल, दिलबहादुर थारु, कानुनी सल्लाहकार जीवन मरासिनी, लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम शोभाखर भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।