अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा शान्ती बगैचामा ६ वेन्च प्रदान (तस्बिर सहित)

कमला पोख्रेल
सन्धिखर्क, अर्घाखाँची १६ फागुन । अर्घाखाँची जिल्लाकै पर्यटकीय स्थलको रुपमा रहेको सन्धिखर्कको शान्ती बगैचामा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ६ वटा वेन्च प्रदान गरेको छ । 
पर्यटकीय स्थलको रुपमा विकास भैरहेको शान्ती बगैचामा राखेका ६ वटा बेन्च आज एक कार्यक्रमका विच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाललाइ हस्तान्तरण गरिएको छ । 
कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले सन्धिखर्कमा आएका आन्तरिक तथा बाहेय पर्यटकको पहिलो आखा शान्ती बगैचामा पर्ने भएकाले यसलाइ आधुनिकीकरण र ब्यबस्थीत गर्न थालिएको बताउनु भयो । शान्ती बगैचाकोलागि अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ६ वटा बेन्च प्रदान गरेकोमा अर्घाखाँचीमा घर  रोजगारीमा कोरिया रहेका सबै जिल्लाबासीलाइ धन्यवाद ज्ञापन गर्नु भयो । 
कार्यक्रममा  शान्ति बगैंचा निर्माण व्यवसायी समितिका अध्यक्ष नारायण प्रसाद बन्जाडे, सन्धिखर्क नगरपालिका वाड नम्वर २ का वडा अध्यक्ष मोतिजंग रायमाझी , पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य , जिल्ला सचिव सुर्य प्रसाद भुसाल , समाजसेवी आतिष किरन विक लगायतको उपस्थिति रहेको थियो ।  
अर्घाखाँचीबाट रोजगारीकोलागिथ कोरियामा गएका जिल्लाबासीको संगठन अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आर्थिक स्थिति कम भएर उपचार गर्न नसकेका दर्जनौ विरामीहरुलाइपनि सहयोग गर्दै आइ रहेको छ । 

अन्य समाचारहरु