सन्धिखर्कमा सुर्योदय महिला बिकास सहकारीको एक हप्ते दुना टपरी बनाउने तालिम शुरु (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले  प्रतक्षय आयआर्जन गर्ने खालका रोजगारी मुलक  र सीप मुलक कार्यक्रम हरु अगाडि बढाउने उदेश्य अनुरुप दुना टपरी बनाउने मेसिन प्रयोगमा ल्याई पलास्टिक मुक्त नगर बनाउने बताउनु भएको छ । 
 सुर्योदय महिला बिकास बचत तथा ऋण सहकारी सस्थाको अायोजना सन्धिखर्क नगरपालिकाको अार्थिक सहयोग मा सुरु भएको एक हप्ते तालिमको उदघाटन गर्दै नगरप्रमुख भुसालले     तालिम मा सिकेका कुराहरु गाउमा लगेर ब्याभारमा उतारि दक्ष उधोगि बनेर रोजगारी मुलक ब्यबसाय सन्चालन गर्न अाग्रह गर्नु भयो ।
भुसालले हराभरा नगरपालिका बनाउने अभियानमा लाग्न नगरबासिलाई अाग्रह गर्नु भयो ।कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिकले सीप मुलक तालिम अहिले को मुख्य अाबश्यता भएको बताउदै कृर्षिको क्रान्ति बिना नगर को अार्थिक उन्नति हुन नसक्ने बताउनु भयो । उहाले तालिममा सिकेका कुरा ब्याभारमा लागू गरि अायअार्जन तथा ब्यबसायिक किसान उधोगि बन्न  अाग्रह गर्दै हराभरा नगरपालिका बनाउने माहान अभियान मा लाग्न अाग्रह गर्नु भयो । 
बिकले  अब रोजगारी मुलक कार्यक्रम हरुलाई प्राथमिकता मा राखेको बताउदै  जनता का समस्या लाई समधान गर्न नगरपालिका तयार रहेको बताउनु भयो । 
कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने प्रहरी नायब उपरीक्षक नबराज मल्ल सन्धिखर्क वार्ड नम्बर २ का अध्यक्ष मोतिजग रायमाझी लगाएतका अतिथिहरु को सहभागी ता रहेको थियोे ।

अन्य समाचारहरु