प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची १७ फागुन । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड नम्वर १० को वार्ड कार्यालय भवनको आज एक कार्यक्रमका विच शिलान्यास गरिएको छ ।
अर्घा धरमपानीको घुरुलडाडामा बन्न लागेको भवनको बैदिक विधि पुर्वक पुजाआजा गरी सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले शिलान्यास गर्नु भएको छ । कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले सन्धिखर्कलाइ नमुना नगर बनाउने गरी काम भैरहेको बताउनु भएको छ । उहाले आफ्नो गाँउमा भैरहेका विकासका कामहरु कसरि भैरहेका छन भनेर हेर्न र खबरदारी गर्नपनि स्थानीयहरुलाइ आग्रह गर्नु भयो ।
सन्धिखर्क नगरपालिकाको झण्डै ५० लाखको लागतमा वडा कार्यलय भवन निर्माण हुन थालेको वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले बताउनु भयो । भवनको ठेक्का भुसाल कन्ट्रसन प्रालीले लिएको छ । भवन ३ महिनामा सम्पन्न गरिने योजना रहेको भुसाल कन्ट्रसन प्रोपाइटर आकास भुसाल बताए । कार्यक्रममा पंडित तुल्सीराम चुदालीले वैदिक विधिपुर्बकपुजाआजा गराउनु भएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, शाखा अधिकृत गोविन्द केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीको अध्यक्षता र सचिव अरुणकुमार आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।