अर्घा धरमपानीका प्रत्येक घरमा डस्वीन (तस्बिर सहित)

कमला पोख्रेल 
सन्धिखर्क, अर्घाखाँची फागुन १७ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वाड नम्वर १० अर्घाका प्रत्येक घरधुरीमा डस्वीन वितरण गरिएको छ । 
अर्घा धरमपानीमा आज एक घर एक डस्वीन वितरण तथा टोल विकास सस्थाको ब्यबस्थापन सम्बन्धि भएको अन्तरक्रिया कार्यक्रममा वडामा रहेका ७ सय २० घरधुरीमानै डस्वीन वितरण गरिएको हो । स्वास्थ्य, इज्यत र प्रतिष्ठा संग जोडिएको सरसफाइमा  वडा नम्वर १० लाइ नमुना बनाउनका लागि एक घर एक डस्वीन वितरण गरिएको वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले बताउनु भयो । उँहाले सड्ने र गल्ने फोहर मलखादमा राख्न र नसड्ने फोहर डस्वीनमा राखेर घरआगन सफार सुग्घर बनाउन सहभागी सबैलाइ आग्रह गर्नु भयो । वडा अध्यक्ष चुँदालीले विकासका काम राम्रो संग गर्नकालागि सबैलाइ आग्रह गर्नु भयो । 
कार्यक्रममा मन्तब्य राख्दै नेपाल पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्यले सरसफाइका कारणले धेरै रोगहरु लाग्ने भएकाले सरसफाइमा सबै मिलेर अगाडी बढ्नु पर्ने बताउनु भयो । उहाले सरसफाइका सुचकहरु पुरा गरी पुर्ण सरसफाइ उन्मुख वडाको रुपमा अगाडी बढ्न आग्रह गर्नु भयो । 
कार्यक्रममा वडा सदस्य चमकला भुसाल, भेसबहादुर क्षेत्री, नेकपाका नगर सदस्य राजेन्द्र जिसि, नेपाली काग्रेसका वडा सभापति नारायण चुँदाली, टोल सुधार समितिका अध्यक्षहरु बसन्त बहादुर क्षेत्री, उत्तमसिंह ठकुरी, पवन मरासिनी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम गिता आचार्यको अध्यक्षता, सदस्य ऋषिकेस भुसालको स्वागत र वडा सचिव अरुणकुमार आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।  

अन्य समाचारहरु