अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी बहुमुखी, अर्घाखाँची १७ फागुन । जिल्लाको सन्धिखर्क अवस्थित पाणिनी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
क्याम्पसमा अध्ययन गरी विभिन्न क्षेत्रमा क्रियाशील पूर्व विद्यार्थीहरुको समूहले गठन गरेको पूर्व विद्यार्थी समाजले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रामबहादुर चौहानको रहेको थियो भने प्रमुख अतिथि प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे रहनुभएको थियो । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा जिल्लाबाट १८ स्कुलको सहभागीता रहेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी विष्णु बेल्बासे, शिक्षाविद् विष्णुप्रसाद बस्याल र साहित्यकार जेबी दर्लामी निर्णायक रहनुभएको वक्तृत्वकला प्रतियोगितामा शितगंगा १० सिद्धाराको जनजागृति माविकी सावित्रा भुसाल प्रथम, सन्धिखर्क १२ डिभर्नाको ज्ञानप्रकाश माविका विकास बस्याल द्वीतिय, भुमिकास्थान ४ धारापानीको शान्ति माविकी सावित्रा घ.म. तृतीय र मालारानी ३ खनदहको आदर्श माविकी अमृता खनालले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, नेकपाका नेता प्रेमनारायण गैरे, पाणिनी क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री, प्रहरी निरिक्षक खिमबहादुर घ.म., पाणिनी स्ववियू सभापति लक्ष्मण खड्का लगायतको उपस्थिति रहेको थियो ।
समाजका सचिव शिव बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रमलाई समाजका उपाध्यक्ष शेषकान्त ओसनले स्वागत भाषण गर्नुभएको थियो ।