पाणिनीको अड्गुरीका मृतक सुबेदीका बुवालाई सूर्या लाईफ इन्सोरेन्स कम्पनीद्वारा मृत्यु दाबी रकमलाई भुक्तानी

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची १६ फागुन- सूर्या लाईफ इन्सोरेन्स कम्पनी ले एक कार्यक्रमका बीचमा जीवन बिमा मृत्यु दाबी रकमलाई भुक्तानी गरेको छ । 
अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वडा ३ अड्गुरीका सन्दीप सुबेदीका बुवा धुर्वराज सुबेदीलाई नगद (२०४,४३०) दुई लाख चार हजार चार सय ३० रुपैयाको चेक हस्तान्तरण गर्नुभएको थियो । सुवेदीको गत मसिर महिनामा बुटबलमा मोटरसाइकल दुर्घटनामा परि २० वर्षको उमेरमा मुत्यु भएको थियो ।
सोही अबसरमा सूर्या लाइफ इन्योसेन्स कम्पनीले एक दिने अभिकर्ता आधारभुत तालिम पनि दिइएको छ ।
तालिममा मन्तब्य राख्दै कम्पनी सहायक महाप्रन्धक शर्माले विमा मानिसको जीवनको महत्बपूर्ण क्षण भएको बताउँदै जीवन विमाको बारेमा सरकार पनि प्रभाबकारी रुपमा लागेको बताउनुभएको थियो ।
शर्माले मानिसको जीवनमा जस्तोसुकै समस्या आइपर्ने भएकोले बिमा अनिवार्य भएको बताउदै जीवन विमाले मानिसको बचत संगै जोखिम बहन गर्ने भएकोले जीवन विमाको बारेमा गाँउगाँउमा सचेतना अभियान लैजान आग्रह गर्नु भएको थियो । कार्यक्रममा करिब ४० जना अभिकर्ताको सहभागीता रहेको थियो ।
कार्यक्रम लुम्विनी क्षेत्रीय प्रमुख बुद्धसुर्य बंशीको अध्यक्षता कपिलबस्तु शाखा प्रमुख श्याम सुवेदीको स्वागत मन्तब्य शाखा प्रमुख दिनेश सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रममा उत्कृष्ण अभिकर्तालाई सम्मान गरिएको थियो ।

अन्य समाचारहरु