(२०७५ फाल्गुन १७, शुक्रवार)
श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची फागुन १७ । अर्घाखाँची बासीले प्रदेश नम्बर पाँचको राजधानी सालझण्डी देखी भालुबाङ्ग सम्मको क्षेत्रमा बनाउन सुझाव दिएका छन् ।
५ नम्बर प्रदेशसभा विशेष समितिले सुक्रबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको प्रदेश नामाकरण र स्थायी राजधानी सम्बन्धी सुझाव संकलन तथा अन्तरक्रियामा सहभागी अर्घाखाँची बासीले प्रदेशका सबै बासिन्दाहरुलाई पाएक पर्नेगरी निश्चीत मापदण्ड तोकेर राजधानी बनाउनुपर्ने सुझाब राखेका हुन् ।
अन्तरक्रियामा बोल्ने सहभागीहरुले भुगोलका आधारमा सबैलाई मान्यहुनेगरीे रुपन्देहीको सालझण्डी देखी दाङको भालुबाङ्ग सम्मको क्षेत्रमा राजधानी बनाउन पर्ने र प्रदेशको नाम लुम्बिनि प्रदेश राख्नुपर्नेमा सुझाव दिएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसालको अध्यक्षता र आरसी मरासीनीको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे,बैजनाथ कलवार,जालपा भुसाल,तारा जिसी,नेकपा अर्घाखाँचीका नेता जर्नाजन खनाल,नेपाली काँग्रेसका सभापति बिष्णु मुस्कान,संघिय समाजबादी फोरमका नेत्र थापा,राजमो नेता शेरबहादुर बिसी,परीबार दलका डिल्लीराज भुसाल,नयाँशक्ति पार्टीका टोपबहादुर बलाल,बिबेकशिल साझाका हरीप्रसाद भुसाल,राप्रपाका शमसुधिन मियाा,सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल,मालारानी गाँउपालीका अध्यक्ष बालकृष्ण आचार्य,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने,उद्योग बाणीज्य संघका अध्यष्क्ष युबराज श्रेष्ठ,नेपाल बार एशोसीयसनका केबी भुसाल,पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली लगायतले मनतब्य राख्दै प्रशासनिक सुगमता, वातावरण, भूगोल, सरकारी जमिनको पर्याप्ततालाई मध्यनजर गरि प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने बताए ।
उनिहरुले दीर्घकालीन सोच राखेर प्रदेशको स्थायी राजधानी तोक्नुपर्नेमा जोड समेत दिएका थिए ।