अर्घाखाँचीमा विप्लव नेकपाले विकास निर्माणका काममा एकलौटी गरे प्रतिरोध गर्ने (विज्ञप्ती सहित)

अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची    १८ फागुन  । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले एक प्रेस विज्ञप्ती जारी गदै विकास निर्माणका काममा एकलौटी गरे पाटी प्रतिरोधमा जाने बताएको छ ।
अर्घाखाँची विप्लव निकट नेकपा जिल्ला इन्चार्ज कमल के.सी, जिल्ला जनसरकार प्रमुख पिताम्वर पोख्रेलद्धारा हस्ताक्षित विज्ञप्ती देशमा २ सत्ता विगत देखि रहेको बताउँदै आफ्नो स्थानीय सरकारको सहकार्य अनुमति विना कुनै पनि ठेक्का पट्टा विकासे काम गरे जनताको सत्ताले कार्यबाही समेत गर्ने बताएको छ ।
विकास निर्माणको काममा आफुहरुसँग सहकार्य गर्नुको विकल्प नरहेको बताउँदै आफुहरुले विगत लामो समयदेखि जनताको सत्ताको निर्माणको सघर्षरत रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अन्य समाचारहरु