चितुवाको गतिबिधी अध्ययन गर्नको बिशेषज्ञको टोली अर्घाखाँचीमा

Image result for चितुवा अर्घाखाँची

रुद्रमणी भुसाल
सन्धिखर्क, अर्घाखाँची फागुन २०। अर्घाखाँची जिल्लामा चितुवाको गतिबिधी अध्ययन गर्नको लागी चितुवा बिशेषज्ञको टोली अर्घाखाँचीमा आएको छ । 
जिल्लाको चितुवाबाट प्रभाबित भएको क्षेत्र सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिका क्षेत्रमा क्यामरा ट्रयापिङ्ग गर्ने जिल्ला डिभिजन बन कार्यालयका प्रमुख अजय बिक्रम मानन्धरले जानकारी दिनुभयो । 
चितुवाको गतिबिधीहरुको बारेमा अध्यान गर्नको लागी ४ जना बिशेषज्ञको टोेलीले अध्ययन गरि बन्यजनतु र मानब बिचको द्वन्द्वलाई न्युनिकरण गर्ने उपायहरुको बारेमा खोजी गरिने चितुवा बिशेषज्ञ डा. नारायण कौजुले जानाकारी दिनुभयो । 
अहिले सम्म जिल्लामा चितुवाले १४ जना बालबालिकाको ज्यान लिएको र ११ जना घाईते बनाएको सहायक वन अधिकृत शिला पोख्रेलले बताउनुभयो ।

अन्य समाचारहरु