पाणिनीकाे दुर्गाफाटमा महाशिवरात्री तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
दुर्गाफाट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  पाणिनी गाउँपालिका  वार्ड नम्बर ३ काे दुर्गाफाटमा महाशिवरात्री तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । 
कार्यक्रममा गाउँपालिका अध्यक्ष अच्युत गाैतम, उपाध्यक्ष लक्ष्मि गाैतम, प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने, नेकपाका नेता जिवनारायण काेईराला, काँग्रेसका महासमिति सदस्य यादव घिमिरे, प्रहरी नायव उपरीक्षक नवराज मल्ल, उद्योग वाणिज्य संघका अध्यक्ष शंकर घिमिरे, प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थी लगायतको उपस्थिती रहेको थियो ।
बृहत् सांस्कृतिकमा राष्ट्रिय कलाकार कुलेन्द्र विक,  प्रिया भण्डारी, श्रीधर अधिकारी, विजय सुनाम लगायतका कलाकारकाे प्रस्तुति रहेकाे थियाे । 
कार्यक्रम दुर्वावेश्वर गुफाका पुजारी कुशलान्नद सरस्वतीकाे अध्यक्षता तथा झबिन सुनामको सञ्चालनमा सम्पन्न भएकाे थियो । 
फोटो: फेसबूकबाट

अन्य समाचारहरु