सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा १०९ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको सन्दर्भमा महिला कानुनी सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम को उदघाटन गर्दै नगरप्रमुख कमल प्रसाद भुसालले नया नियम कानुन अनुसार मुलुकमा ३ तहका सरकार हरु चलिरहेको बताउदै महिला लक्षित कार्यक्रम लाई नगरपालिका ले प्राथमिकता दिएको बताउनु भयो ।उहाले सामान्यतया कानुन का बिषयमा बिज्ञ बनाउनका लागि नगरपालिका बाट विभिन्न खालका बजेट ब्यबस्थापन गरि सदस्य हरु लाई तालिम दिएको बताउनु भयो ।
कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिकले महिला हरुका लागि राज्यले पनि विशेष अधिकार सहितका कानुन निर्माण गरेको सन्धर्बमा नगरपालिका अर्थात स्थानिय तहले पनि कानुन बनाउने कार्यनयन गर्ने कार्यलाई अगाडि बढाएको बताउनु भयो । उहाले नगरपालिका भित्र सबै खालका दोन्द निराकरण गर्नका लागि बेलाबेला नियम कानुनका बारेमा सरोकारवाला लाई तालिम दिएको बताउनु भयो उहाले महिला दिबस भब्य र सब्य रुपमा मनाउन नगरपालिका ले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रम नगरपालिका महिला शाखा कि पुस्पा भुसाल को सन्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रम मा वार्ड सदस्य अासा परियार कल्याणि सस्थाकि अध्यक्ष सुसिला बन्जाडे भन्डारि लगाएतका महिला अधिकार कर्मिहरु को सहभागी ता रहेको थियोे ।