पाणिनीको डांडाकटेरी राजमोद्धारा शोक सभा सम्पन्न

गोपाल भट्टराई 
डांडाकटेरी, फागुन २३ अर्घाखाँची – पाणिनी २ डांडाकटेरी निवासी ८६ बर्षिय डोल कुमारी सोमरेको निधन प्रति दुःख व्यक्त गर्दै राष्ट्रिय जनमोर्चाले शोक सभा सम्पन्न गरेको छ । 
मुल प्रवाह एकता समाज हिसान नगर सचिव तारा बहादुर सोमरेकी हजुर आमाको निधन प्रति दुःख व्यक्त गर्दै राजमो पाणिनीले शोक सभा गरेको हो ।
तारा बहादुर सोमरेको अध्यक्षता र राजमो पाणिनी सचिव निमिराज भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष यमलाल पोख्रेल,सचिवालय सदस्य गोविन्द वि.सी.,पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामी,पाणिनि अध्यक्ष पिताम्बर घिमिरे र अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य देवी भुसालले डोल कुमारी सोमरेको निधनले परिवर्तनको आन्दोलनमा अमुल्य क्षति पुगेको बताउनुभएको छ ।
 मृतक डोल कुमारीले समाजमा पु¥याएको योगदानको प्रसंसा गर्दै उहांहरुले मृतकलाई श्रदाञ्जली र शोकाकुल परिवारजनलाई समवेदना दिनुभएको खबरमा उल्लेख छ ।

अन्य समाचारहरु