ढिकुराको गबदेमा गुणस्तरिय सिमि बीउ उत्पादन कृषक पाठशाला सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको गबदेमा गबदे जनजागृती कृषक समुहको जनजागृती गुणस्तरिय सिमि बीउ उत्पादन कृषक पाठशाला सम्पन्न भएको छ । 
किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम को आर्थिक तथा प्राबिधिक सहयोगमा जनजागृती गुणस्तरीय सिमि बीउ उत्पादन कृषक पाठशाला  गबदेमा सम्पन्न भएको हो । 
पाठशाला कुलप्रसाद घिमिरेको अध्यक्षतामा ४ वटा उपसमुह (चौमासे ,हिउदे, बकुला र घिउ ) बिभाजन गरि सबैलाई आ-आफ्नो जिम्मेवारी दिइएको थियो । 
 साथै ४ वटा समुहको छुट्टाछुट्टै प्लट्मा सिमिको बीउ उन्नत तरिका र स्थानिय तरिकामा लगाउने काम सम्पन्न भएको छ । जसको सहजिकरण पाठाशालाका सहजकर्ता बिनोद मरासिनी र किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमकि भगवता पाण्डेले गर्नु भएको थियो । 

अन्य समाचारहरु