अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले विकास बजेटको चरम दुरुपयोग गरेको छ ।
छत्रदेव गाउँपालिकाले विकास बजेट अन्तरगत नेपाली कांग्रेसको वार्ड नम्बर २ र ७ मा पार्टी कार्यालय निर्माणका लागि भन्दै १३ लाख विकास बजेटको चरम दुरुपयोग गरेको हो ।
छत्रदेव गाउँपालिकाले विकास बजेट अन्तरगत वार्ड नम्बर २ मा विपि स्मृति भवन निर्माणका लागि ६ लाख रुपैया छुट्टाइएको छ । यस्तै वार्ड नम्बर ७ मा विपि स्मृति भवन निर्माणका लागि ७ लाख रुपैया छुट्टाइएको छ ।
उता छत्रदेव गाउँपालिकाले कांग्रेसको वार्ड नम्बर २ र ७ मा पार्टी कार्यालयका लागि भन्दै १३ लाख विकास बजेटको चरम दुरुपयोग गरेको भन्दै व्यापक विरोध शुरु भएको छ ।
कृषि, सिन्चाई, खानेपानी लगायतका विकराल समस्या भोग्दै आएता पनि अहिलेसम्म कुनै बजेट मार्फत संम्बोधन नगरेको छत्रदेवबासीको गुनासो छ । साथै छत्रदेव गाउँपालिकाले कृषि, सिन्चाई, खानेपानी जस्ता अतिआवश्यक क्षेत्रमा वजेट विनियोजन नगरी जिम हल निर्माणमा वजेट छुट्टाइएको छ । जिम हल निर्माणका लागि वार्ड नम्बर २ मा ५ लाख रुपैया छुट्टाइएको छ । यि त केही उदारणहरु मात्र हुन् ।
छत्रदेव गाउँपालिकाले खरको छाना भएका घरलाई हटाई टिनको छाना लगाइने कार्यक्रम ल्याएएर चर्चामा आएपनि कुरामा सिमित रहेको छ ।
विगत कांग्रेसको स्थानिय चुनावी कार्यक्रममा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले सबै वार्डहरुमा कांग्रेसका वार्ड कार्यालय निर्माण गर्ने प्रतिपदता अनुसार वार्षिक बिकास कार्यक्रमबाट नै विपि स्मृति भवन निर्माणका लागि बजेट छुट्टाएको छत्रदेव कांग्रेसका एक सद्स्यले अर्घाखाँचीडट्कमलाई बताए ।
उता छत्रदेव गाउँपालिकामा सवारी साधन, शिलबन्धी बोलपत्र, वार्षिक खरिदका विभिन्न शिर्षकमा ठुलो रकम हिनामिना हुँदै आएको आरोप छत्रदेव नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधि, कार्यकर्ताहरुले लगाउदै आएको देखिन्छ ।


लेखनाथ पोख्रेल
अध्यक्ष
९८५१०३३७०७
Email:
lekhnath.pokhrel@gmail.com
तुल्सीदेवी श्रेष्ठ
उपाध्यक्ष
९८४७१६०५८६
Email:
shresthatulsidevi@gmail.com
प्रकाश राज पन्थी वडा नंबर -१ चिदिका ९८५७०३४७२१
राजेश कुमार पन्थी वडा नंबर -२ बल्कोट ९८५१००३१३४
तेज प्रसाद खनाल वडा नंबर -३ बल्कोट दुन्द्रुक ९८५७०२९१३५
अशोक कुमार श्रेष्ठ वडा नंबर -४ केरुङ्गा ९८४७०१५९५४
बालकृष्ण श्रेष्ठ वडा नंबर -५ छत्रगंज ९८४७१०४७७९
कमल पौडेल वडा नंबर -६ ठुलापोखरा ९८५७०६६७५०
शोभाखर पाण्डे वडा नंबर -७ भगवती ९८५७०३३०७५
राज कुमार श्रेष्ठ वडा नंबर -८ अर्घातोष ९८४७१५४९५०
खिमानन्द भुसाल
खिमानन्द भुसाल
प्रमुख प्रशासकीय अधिकृत
९८५७०६६९७१
गिरिराज पाण्डे
गिरिराज पाण्डे
शिक्षा अधिकृत
९८४७१८४९०३
सन्तोष गैरे
सन्तोष गैरे
लेखा अधिकृत/सूचना अधिकारी
९८४११८७६१०
ई.सुनिल पन्थी
ई.सुनिल पन्थी
सूचना प्रविधि अधिकृत
९८५७०५८४४२