खनदहका लिम्फान्जीओमा रोग पीडित बालकका लागि आर्थिक सहयोग

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं , २३ फागुन (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका खनदह निवासी बाबुराम अर्यालका ४ बर्षिय सुपुत्र विवेक अर्याल लिम्फान्जीओमा जस्तो गम्भीर रोगले ग्रसित छन।
हाल उनको उपचारको लागि देशविदेशबाट सहयोग आउने क्रम जारि रही रहेको छ यस्तै क्रममा काठमाडौ जिल्ला चन्द्रागिरी नगरपालिका थानकोट बस्दै आउनु हुने रोशना के सी वाट रु ११,२४५ अर्घाखाँची जिल्ला मालारानी गाउँ पालीका -३ साबडाँडा हाल बुटवल निवासी गोविन्द खनाल वाट रु ५,००० अर्घाखाँची जिल्ला मालारानी गाउँपालीका- ३ साबडाँडा हाल गुल्मी तम्घास समिक्षा ब्युटीपार्लर कि संचालक जमुना आचार्य खनाल वाट रु १,००० अर्घाखाँची जिल्ला मालारानी गाउँ पालीका ४ वाडुङ्गा हाल बुटवल निवासी गोकुल घिमीरे वाट रु ५,००० सयोग गरेका थिए ।
मालारानी गाउँपालीका ३ खोरधारा निवासी यज्ञ पोखरेल हाल रोजगारी को शिलसिला मा दक्षिण कोरिया रहेर विवेक बचाउ अभियान चलाउदै आउनु भइ पुन रु- ३५०३ सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका २ घर भै हाल रोजगारी को शिलसिला मा दक्षिण कोरीया रहनु हुने गोपाल राउत वाट रु ५,०२० सन्धिखर्क नगरपालिका रुब्दी निवासी मिना पौडेल वाट रु ५,००० साथै स्थायी घर भुटानको चिराङ गाउँ भै झपा बेलगाडी २ मा धेरै वर्ष रहदै आउनु भएको र सन २००९ मा अमेरीका मा रोजगारी को शिलसिला मा हुनु हुने चन्द्र राई को अभियान वाट (यु एस डलर १००) अमेरीका मा रहनु हुने साथीहरु सन्ची सुब्बा यु एस डलर २० गर्ज गुरुङ यु एस डलर २०ठग गुरुङ यु एस डलर २०बच्ची सार्की यु एस डलर २० र चन्द्र राई यु एस डलर २८ गरि नेपाली रु ११,०७९ प्रदान गर्नु भएको थियो।
साथै फेस्बुक युट्युव वाट पीडित विवेक को प्राणरक्षा को लागि विभिन्न ठाउँ बाट पीडित बालक को बुवा बाबुराम अर्याल को प्रभु बैंक मा रहेको खाता नं ११४०१३००९११२७१०००००१ मा रकम आइरहेको जानकारी पत्रकार संग कुरा गर्दै पीडित का बुवा ले बताएका छन।
दीपेन्द्र थापा वाट रु ५,००० सुमित्रा खनाल पौडेल हाल बुटवल वाट रु ५०० गणेश पोखरेल को अभियान्ता मा संकलन भएको जानकारी गराएका छन। साथै यही मिती २०७५।११।२६ गते विवेक को अर्को सल्यक्रिया काठमाडौ को शिक्षण अस्पताल महाराजगंज मा हुने जानकारी गराएका छन । सम्पुर्ण सहयोगी दानवीर हरु प्रती धन्यवाद प्रकट गरेका थिए ।
सयोगको लागि –
बाबू अर्याल – ९८४७३९४०००
प्रभु बैंक मा रहेको खाता नं ११४०१३००९११२७१०००००१

अन्य समाचारहरु