अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को कार्यदल अर्घाखाँचीको आयोजनामा दिबङत आफ्ना पार्टीका नेताहरु पुर्ब अर्थमन्त्री भरतमहन अधिकारी सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र प्रसाद अधिकारी तथा प्रदेश न.५का माननीय सदस्य उतर बहादुर वलिको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बोल्ने वक्ताहरुले उहाहरुको निधनले राष्ट्र र पार्टीलाई पुगेको अपुरणिय क्षतिलाई पूरा गर्न उहाँहरुको सपना साकार पार्ने दिशामा लागिपर्नुपर्नेमा जोडदिएका थिए ।
हिर्दय भुसाल (अर्घाखाँचीडट्कम संवाददाता)
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कार्यदलको आयोजनामा दिवङ्गग नेकपा नेता तथा पुर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी, सास्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री युवा नेता रविन्द अधिकरी र प्रदेश ५का प्रदेश सभा सदस्य युवा नेता उतर कुमार ओलीको सम्झनामा मदन आश्रित भवन सन्धिखर्कमा श्रद्धाजली कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वोल्दै नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधी सभा सदस्य टोप वहादुर रायमाझीले नेताहरुको अकल्पनिय निधनले पार्टी र राष्टलाई अपुरणिय क्षति भएको भन्दै दिवङ्गग नेताहरुको सपना पार्टीले पुरा गर्ने वताउनु भएको छ । नेता रायमाझीले शोक लाई उर्जामा परिणत गर्दे अगाडी बड्नुको बिकल्प नभएको वताउनु भयो । रायमाझीले दिवङ्गग नेताहरु नेपाली कम्युनिष्ट आन्दोलनमा खेलेको भुमिका र राष्ट्र र जनताको पक्षमा पुराएको योगदान निकै प्रसंशनिय भएको वताउनु भयो ।
सोही श्रद्दाज्जली कार्यक्रममा वोल्दै प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले दिवङ्गग नेताहरुले प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र स्थापना गर्न खेलेको भुमिकाको स्मरण गर्दे नेता घिमिरेले दिवङ्गग हुनुभएका सवैको चाहाना लोकतान्त्रिक प्रणालीलाई वलियो वनाउदै मुलुकको समृद्दिको पक्षमा निष्टापुर्वक काम गरेको वताउनु भयो । कार्यक्रम नेकपा जिल्ला कार्यदल सदस्य जर्नादन खनालको अध्यक्षता प्रदेश सदस्य तथा कार्यदल सदस्य छमकुमारी खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्तरका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

करिब तीन महिनादेखि बिरामी भएका पूर्व अर्थमन्त्री अधिकारीको गत शनिबार ८२ वर्षको उमेर निधन भएको थियो । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । हेलिकाेप्टर दुर्घटनामा मन्त्रीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुव भोची भया, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे, पाइलट प्रभाकर केसी रहेका थिए ।