ठाडामा माछामासु, मदिराजन्य पदार्थमा रोक

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ठाडा सानादहमा हुन लागेको धार्मिक महोत्सव महाँयज्ञ क्षेत्र वरिपरि माछामासु ,मदिराजन्य पदार्थमा रोक लगाइएको छ ।
धार्मिक महोत्सव महाँयज्ञ क्षेत्र वरिपरि फागुन २३ देखि चैत्र १ गतेसम्म माछामासु ,मदिराजन्य पदार्थमा रोक लगाइएको हो
क्याम्पस भवन निर्माण गर्न अर्घाखाँचीको  ठाडामा धार्मिक महोत्सव भोली शुक्रबार देखि शुरु हुँदै छ । 
आफ्नो भवन नहुदा पठ्न पाठ्नलाई समस्या भएपछी ज्योतिभविश्वर बहुमुखी क्याम्पस ठाडा अर्घाखाँचीले भवन निर्माणका लागी श्रोत जुटाउन एक हप्ते धार्मिक महोत्सवहुने भएको हो । 
दक्षिण खाँचीमा रहेको एक मात्र क्याम्पसमा अध्यन गर्ने बिद्यार्थीको चाप बढ्न थालेपछी भवनको अभावमा पठन, पाठन गर्न अप्ठ्यारो भएको छ ।
क्याम्पस नहुदा बाहिर अध्यनगर्न जानु पर्ने बाध्यतालाई मध्यनजर गरि २०६७ सालमा स्थानिय बुद्घिजिबी ,शिक्षाप्रेमीको अगुवाईमा ज्योतिबहुमुखी क्याम्पस स्थापना गरिएको थियो ।

अन्य समाचारहरु