अर्घाको बिहारमा ग्यालेक्सी ईङ्लिस स्कुलको बार्षिक पुरस्कार बितरण तथा खेलकुद कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे 
बिहार, अर्घाखाँची फागुन २४  – अर्घा ग्यालेक्सीको सान, गुणस्तरीय शिक्षा हाम्रो अभियान, भन्ने नारा सहीत स्थापित सन्धिखर्क नगरपालीका १० बिहारमा अबस्थीत अर्घा ग्यालेक्सी ईङ्लिस बोर्डीङ्ग स्कुलले आज एक कार्यक्रमका बिच बार्षिक पुरस्कार बितरण तथा खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख मनिराम पराजुलीले भोली देशलाई चाहीने नेतृत्व अहिलेका बिद्यार्थीहरुको काँधमा रहेको भन्दै समय सापेक्ष शिक्षा बिना देश बिकास गर्न नसकीने बताउनु भयो । शिक्षालाई प्रभाबकारी बनाउन शिक्षक अभिभाबक र बिद्यार्थीको त्रिपक्षय समबन्ध बलीयो हुनुपर्ने बताउदै पराजुलीले शिक्षा बिना देशको समृद्धि हुन नसक्ने कुरामा जोड समेत दिनुभयो ।
सन्धिखर्क १० का वडाअध्यक्ष लक्ष्मीनारायण चँुदालीले शिक्षा क्षेत्रको समग्र बिकासको लागी वडाबाट हुनसक्ने जस्तोसुकै सहयोग गर्न आफुहरु तयार रहेको बताउनु भयो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुबदार भिमबहादुर कुवँरको अध्यक्षता,प्रिन्सिपल पबन मरासीनिको स्वागत मनतब्य र शिक्षक मोहन भुसालको सन्चालनमा सम्पन्न कार्यक्रमा प्याबसन अर्घाखाँचीका कोषाध्यक्ष धनिश्वर पाण्डे,पत्रकार श्याम घिमिरे,अभिभाबक बसन्त एसी,स्थानीय बुद्धिजिबि केशबराज कुवँर लगायतले शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गतबर्ष बिभिन्न कक्षामा प्रथम,द्धतिय र तृतिय स्थान हासीलगर्ने बिद्यार्थी र बिद्यालयमा बर्षभरी गरीएका बिभिन्न खेलकुद बिदामा बिजेताहुने बिद्यार्थी एवं अभिभाबकहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरीएको थियो ।
नर्सरी देखी कक्षा ५ सम्म सन्चालनमा रहेको बिद्यालयमा हाल करीब दुई सय जना बिद्यार्थीहरुले अध्ययन गरीरहेका छन । पछील्लो समय बिद्यालयले बिद्यार्थीको सुबिधाकोलागी स्कुल बसको समेत ब्यबस्था गरेको प्रिन्सिपल पबन मरासीनिले बताउनु भयो ।

अन्य समाचारहरु